सुचना, समाचार र मनोरन्जन

वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ:वनमन्त्री महतो

काठमाडौँ/

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन् । नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।

आइतबार राउण्ड टेवल नेपालले ‘एक लाख विरुवा रोपेको अवसरमा काठमाडौंको टेकुमा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्राङगणमा आयोजित विशेष कार्यक्रममा’ मन्त्री महतोले यस्तो बताएका हुन । सो अवसरमा उनले संस्थाले हरियाली देश बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा पनि गरे ।

उक्त अवसरमा काठमाडौं महानगर वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौं बनाउने उद्देश्यले १ लाख विरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भैरहेको स्पष्ट पारे ।

राउण्ड टेवल नेपालले विभिन्न स्थानमा एक लाख ८८ हजार विरुवा रोपण गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.