पोखरा /
नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता पोखरामा हुने भएको छ ।
प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए ।
अन्य ६ प्रदेशले भने यसअघि नै अधिवेशनको मिति तय गरिसकेका छन् ।