सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पहिरोका कारण १ दर्जन सडक अवरुद्ध

काठमाडौँ/

अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

IVF Big

मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ । स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौँडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ ।

पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश स्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ । मुगु नाग्मा चल्ने सडकमा साना गाडी चल्ने तर, ठुला सवारी पास हुने अवस्था छैन । कैलालीको भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.