सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरा महानगरको फोहोर आजदेखि उठाइने

पोखरा/

स्थानीयले अवरोधले १२ दिनदेखि रोकिएको पोखरा महानगरको फोहोर आजदेखि उठाइने भएको छ । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध भएपछि फोहोर सडकमै थुप्रिएको थियो ।

अस्थायी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा फेरि पनि अवरोध सिर्जना भए बल प्रयोग गर्ने महानगरको तयारी छ ।

सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पोखरा महानगर प्रवक्ता नम्बर मोतीलाल तिमिल्सिनाले अन्तिम समयसम्म स्थानीयसँग समन्वय भइरहेकाले बल प्रयोग गर्ने स्थिति नआउने जिकिर गरे ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

Leave A Reply

Your email address will not be published.