सुचना, समाचार र मनोरन्जन

‘माउन्ट केटु’को सफल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा सम्मान

काठमाडौँ /

विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित माउन्ट केटुुको सफल आरोहण गरि फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान नेपाल आइपुगेकी छिन्।

पूर्णिमाले गत साउन ११ गते ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् । चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काथिन मानिने केटुलाई माउन्टेन किलर भनेर समेत चिनिन्छ।

६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यस अघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् ।

पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्। आज स्वदेश फकिएकी उनलाई विमानस्थलमा स्वागत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.