काठमाडौँ/
मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।
छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।
यिनै पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।