सुचना, समाचार र मनोरन्जन

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौँ/

सडक भासिएपछि अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । बुधबार साढे १२ बजेको समयमा तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा राजमार्थको सडक खण्ड भासिन भएपछि यातायात पूर्णरुपमा प्रभावित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३ः४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.