सुचना, समाचार र मनोरन्जन

धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने

'हनुमन्त कथावाचन'मा प्रवेशको लागि अनलाइन पास { Entry Pass } भर्नु पर्ने

पोखरा /

भारतको प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । ‘हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास { Entry Pass } भर्नु पर्ने भएको छ।

कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले जानकारी दिए । चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले भदौ २ गतेदेखि ४ गतेसम्म ( अगष्ट १८ तारिख देखि २२ तारिख ) नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको हो । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

भदौ १ गते काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने कार्यक्रम छ । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्नेछन ।

धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। कार्यक्रमबाट गण्डकी प्रदेशको पर्यटनमा वृद्धि हुने उनले बताए ।

चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकार शाश्वतधाममा हनुमन्त कथावाचन गर्न आउन लागेको ग्रुपले जनाएको छ । धर्मगुरु बागेश्वर धाम बाबाले तिन दिन हनुमन्त कथावाचन गर्ने कार्यक्रम तय गरिएको चौधरीले बताए। कार्यक्रमबाट गण्डकी प्रदेशको पर्यटनमा वृद्धि हुने उनले बताए ।

यसरी भर्नुहोस् अनलाइन पास { Entry Pass }

Home

Leave A Reply

Your email address will not be published.