सुचना, समाचार र मनोरन्जन

भैरहवाका लागि उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

काठमाडौँ/

काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ ।

Gokarna Karki

दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जानकारी दिएको छ ।

तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले रातोपाटीलाई जानकारी दिए । जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो । तर, फर्काएको जहाजमा सवार सम्पूर्ण यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनः भैरहवा पठाइसकिएको कर्णले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.