सुचना, समाचार र मनोरन्जन
Sarangi

कानूनले दिएकोभन्दा बढी नाफा नलिन व्यवसायीसँग पोउवा संघको आग्रह

पोखरा /

पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।

पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो सुनिएको बताउँदै संघले कानूनले तोकेभन्दा बढी मुनाफा नलिन व्यवसायीसँग आग्रह गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ,‘ लगानी गर्नु र लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री–वितरण गर्नु व्यवसायीहरुको अधिकार तथा कर्तव्य हो । तर, बढी मुनाफा खोज्ने व्यवसायी एवं बजारको चक्र प्रभावित हुने गरी सामानको संचयन गर्ने उपभोक्ताको प्रवृत्तिको पनि खिलापमा छ ।’

संविधानका प्रावधानहरुको हवाला दिँदै विज्ञप्तिमा संघ स्वतन्त्रतापूर्वक व्यवसाय गर्न तथा नाफा लिन पाउने अधिकार एवं उपभोक्ताको हकको पक्षमै रहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा माग र आपूर्ति चक्रलाई स्वभाविक गतिमा अगाडि बढाउने वातावरण निर्माणको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।

Leave A Reply

Your email address will not be published.