सुचना, समाचार र मनोरन्जन

त्रिभुवन विमानस्थलमा ४० मिनेट उडान प्रभावित

काठमाडौँ/

त्रिभुवन विमानस्थलमा मंगलबार अपराह्न करिब ४० मिनेट उडान प्रभावित भएको छ। काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि उडान र अवतरण दुवै ४० मिनेटसम्म प्रभावित भएको हो।

ल्यान्डिङ गियरको पाङ्ग्रा जाम भएपछि उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा लैजान समस्या भएको थियो। उड्ने तयारीमा रहेका जहाज पनि ट्याक्सी वेमै रोकिएका थिए। करिब ४० मिनेट ठप्प भएको त्रिभुवन विमानस्थल अहिले भने पूर्ण सञ्चालनमा आइसकेको छ।

Leave A Reply

Your email address will not be published.