सुचना, समाचार र मनोरन्जन

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँ: मन्त्री बस्नेत

काठमाडौँ/

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताएका हुन् ।

मन्त्री बस्नेतले ऊर्जालाई देशको विकास र समृद्धिको लागि प्रयोग गर्ने अभियानका साथ अगाडी बढेको बताए । उनले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउनेगरी प्रयोग गरिने बताए । उनले विद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

मन्त्री बस्नेतले कृषि, पर्यटन, औद्योगीकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेण्डालाई गम्भीरताका साथ उठाएको बताए ।

मन्त्री बस्नेतले सरकारले स्वच्छ वातावरणका लागि नवीकरणीय ऊर्जाको कुरा पनि महत्वका साथ उठाएको बताए । उनले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोही अनुसार काम गर्ने पनि बताए ।

Leave A Reply

Your email address will not be published.