सुचना, समाचार र मनोरन्जन
Sarangi

सफल घ्यू “मीठो स्वाद जिन्दगीको” अभियान निरन्तर

पोखरा/
सुजल डेरीले आजको हरेक परिवारलाई घ्यूको मिठास युक्त स्वादिलो परिकार मार्फत जोड्ने उद्देश्यले “मीठो स्वाद जिन्दगीको” नामक अभियानलाई निरन्तरता दिएको छ।

कम्पनीले मीठो स्वाद जिन्दगीको मार्फत आजको व्यस्त जीवन शैली बीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने उत्पादक कम्पनीको विश्वास। सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक (फरक चाहनाका कारण घर) घरका गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्याउनु चुनौती पूर्ण बनेको छ। यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबै जसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन्।

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा उपलव्ध छ। गाई तथा भैँसीको शुद्ध मक्खनलाई खारेर बनाईएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिन्छ। साथै यसको दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट रहेको छ।

घ्यू आफैमा शक्ति दायक भएकोले चिल्लो पदार्थको सर्वोत्तम विकल्प मानिन्छ। मात्र एक ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ। घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ। साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदा जनक रहन्छ।

आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले ISO 22000:2018 मापदण्ड प्राप्त गरेको छ। बदलिएको परिवेशमा घ्यूलाई नियमित भान्साको अभिन्न अङ्ग बनाई सम्पूर्ण परिवारलाई सन्तुलित आहार मार्फत जोड्ने कुरामा कम्पनी विश्वस्त छ ।

Leave A Reply

Your email address will not be published.