काठमाडौं /
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफुले भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन्।
बागेश्वर बाबासंग गृहमन्त्रीले गोप्य भेट गरेको खवर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले आफुले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बतएका हुन्।
आफु व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए।
त्यस्तै उनले नेपाल भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफुलाई जानकारी नरहेपनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बतए।
उनले धीरेन्द्रकृष्ण शास्त्रीले सुरुमा उहाँले झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्चाएको भन्ने खवर पाएको उल्लेख गरे।