सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

श्रम बैंकमा आबद्ध हुन काठमाडौं महानगरले आवेदन खुलायो

काठमाडौँ/

काठमाडौँ महानगरपालिकाले रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको थियो, सोही अनुसार महानगरले आवेदन खुलाएको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ ।

महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र लगायत भर्नुपर्ने छ ।

IVF Big

आवेदन फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् ।

श्रम बैंकमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसेको हुनुपर्छ । किनभने काम गर्न बोलाउने बेला आउन सक्नुपर्छ । आवेदकका विषयमा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराउनेछ । यसमा काठमाडौं महानगरवासीलाई विशेष प्राथमिकता दिने राईले बताइन् ।

महानगरका अनसार यसबाट महानगरलाई आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सक्ने समेत महानगरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.