सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाडौँ/

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएका छन । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नेछन । सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए।

IVF Big

श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका छन । उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गरेका छन। श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन ।

२०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका हुन ।

उनी २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन । उनले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन ।

Leave A Reply

Your email address will not be published.