सुचना, समाचार र मनोरन्जन

भक्तपुरमा रहेको सुधार गृहबाट डेढ सय भन्दा धेरै बालबालिका भागे

काठमाडौँ/

भक्तपुरको सानोठिमीमा रहेको बालसुधार गृहबाट डेढ सय भन्दा धेरै बालबालिका भागेका छन् । केन्द्रमा दुई सय ५६ जना बालबालिका रहेकामा ३२ जना किशोरी र केही कम उमेरका बालक बाहेक अरु भागेका हुन् ।

Gokarna Karki

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

सुधार गृह तोडफोड गरेर भागेकामध्ये केहीलाई पक्राउ गरेर केन्द्रमा फिर्ता गराएको र बाँकीको खोजी भइरहेको उनले बताए । सुधार गृहमा तोडफोडसमेत भएको र बाहिर खोजी भइरहेकोले भाग्नेहरुको संख्या एकिन नभएको उनले बताए ।

विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन ।

हिजो सुधार गृहमा रहेका रामेछापको मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको ज्यान गएपछि त्यहाँ तनाव सुरू भएको हो ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए । उनीहरूले सुधार गृहको लापरबाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.