काठमाडौँ/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने ।
संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए ।