सुचना, समाचार र मनोरन्जन

सुन तस्करी प्रकरण मस्यौदा समितिद्धारा ड्राफ्ट तयार

काठमाडौँ/

सुन तस्करी प्रकरण मस्यौदा समितिले ड्राफ्ट तयार पारेको छ । मंगलबार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले ड्राफ्ट तयार पारेको हो ।

दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र त्यतिसम्म सीआईबीले छानबिन सक्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थिए । बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.