काठमाडौँ/
मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान बस्नेगरी स्थगित भएको छ ।
पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमाथि सम्मानित नेता झलनाथ खनालले आफ्ना धारणा राखेका छन् । उक्त प्रतिवेदनमाथि बुधबारबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बुधबार बिहान ८ बजेबाट सुरु हुने सो पार्टीले जनाएको छ ।