काठमाडौँ/
त्रिशूली नदीमा बुधबार बिहान यात्रुबस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचार सुरु गरिएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन नभएकोले घाइतेको संख्या खुलेको छैन।
धादिङको गजुरी-२ चालिसेबाट त्रिशूली नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।