सुचना, समाचार र मनोरन्जन
Sarangi

३ अर्ब २९ करोड ६० लाख जापानी येन अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं /

सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

भाद्र ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले कर्जा सुरक्षण चौथो संशोधन नियमहरु २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने असोज ८ देखि ९ गतेसम्म इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलाई सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले धितोपत्र दर्ता तथा निष्काशन सातौ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति स्वीकृत गर्ने, उमेर जात र नाम सच्चाउने तेश्रो संशोधन नियमहरु स्वीकृति गर्ने निर्णय गरको उनले जानकारी दिइन्

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको एजेण्डाहरु तयार भइरहेको बताइन् । उहाले सुन तस्करी लगाएतका प्रकरणमा राज्यले निष्पक्ष रुपमा छानविन गरिरहेको भन्दै सुन तस्करीलाई पूर्णरुपमा रोक्नका लागि आवश्यक नीति नियमका लािग उच्चस्तरीय समिति बनाउने सहमति भएको जिकिर गरिन् ।

उनले कोशी प्रदेशसभाको विश्वासको मतको विषय अदालतमा गइसकेकाले अदालतले नै आवश्यक निष्कर्ष निकाल्ने जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.