विराटनगर/
लगातारको भारी बर्षा र दुधकोशी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति पुर्याएको छ । जसका कारण सोताङ र महाकुलुङका जनतालाई सडक यातायातको माध्यमबाट सदरमुकाम,काठमाडौ र तराई आवागमन (आउजाउ) ठप्प भएको छ ।
बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनु पर्ने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले बताएका छन् ।
उनले यथासम्भव चाँडो बैकल्पिक व्यवस्था गरी यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदुधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार,संघीय सरकार र सम्बद्ध निकायसँग माग गरेका छन् ।