सुचना, समाचार र मनोरन्जन

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा आत्मसमर्पण, दुई लाख डलर तिरे जमानत पाए

एजेन्सी/
पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे र त्यहाँ २० मिनेट बिताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् ।

Gokarna Karki

एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।

उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट) जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो । अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

Leave A Reply

Your email address will not be published.