सुचना, समाचार र मनोरन्जन
Sarangi

रहेनन् सारुकका पिता सानु, उपचारको क्रममा निधन

किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए। शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

काठमाडौँ /

केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ ।

किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए। शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.