सुचना, समाचार र मनोरन्जन

पोखरामा ३५ वर्ष माथिका महिलाहरु ह्याण्डबल खेल्दै

पोखरा नेपालकै ह्याण्डबल खेलको हवको रुपमा समेत पहिचान बनाएको छ । तर भदौ १६ गते छोरा–छोरी होइन आमाहरु मैदानमा उत्रिनेछन्। पोखरा रंगशाला वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितात्मक महिला ह्याण्डबलमा पुरस्कार राशी समेत तोकिएको छ।

पोखरा /

घरमा नै गृहणीको रुपमा व्यस्त महिलाहरु भने खेलकुदमा समेत अघि बढ्न थालेको सन्दा जो कोही पनि अचम्भ मान्नै पर्छ । त्यसो त पाका उमेरका महिलाहरुले सहाशिक कार्यहरु गरेर संसारलाई अचम्भित बनाएका प्रशस्त उदाहरणहरु पनि छन् ।

यस्तै पोखरामा उमेरले ३५ नाघेका ६१ वर्ष सम्म उमेर समुहका महिलाहरु ह्याण्डबल खेल्दैछन् भन्दा अचम्भित नमान्दा हुन्छ । त्यसको तयारीमा जुटेको हो ‘उमेन्स क्लव अफ पोखरा’ । ह्याण्डबल खेल विश्वमा नै खेलहरुको मध्येको दोश्रो तिव्र गतिको खेलको रुपमा स्थापित छ। पोखरामा यहि भदौ १६ गते हुने खेलमा १० टिमको सहभागिता हुँदैछ । उनीहरु त्यही तिव्र गतिको खेल रोजेका छन् । ह्याण्डबल खेल आफैमा निकै आकर्षक खेल समेत हो ।

पोखरा नेपालकै ह्याण्डबल खेलको हवको रुपमा समेत पहिचान बनाएको छ । तर भदौ १६ गते छोरा–छोरी होइन आमाहरु मैदानमा उत्रिनेछन्। पोखरा रंगशाला वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितात्मक महिला ह्याण्डबलमा पुरस्कार राशी समेत तोकिएको छ।

नेपालमा नै पहिलो पटक आयोजना हुन गइरहेको ३५ वर्ष माथीको महिला ह्याण्डबल नेपाली खेलकुदमा नौलो रहेको बताउँछन् नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ । “यस्तो उमेर समुहको खेल त नेपालमा नै आयोजना भएको थिएन” नेपाल ह्याण्डबल संघको समेत जिम्मेवारीमा रहेका उनले भने–“आमा, दिदी बहिनीहरु १०–१० टिम ह्याण्डबलको मैदानमा उत्रिनु कल्पना गर्नै सकिदैन । यो खेलकुद मार्फत समाज परिवर्तनको बाटो हो भने महिलाहरुलाई शसक्तिकरण गर्ने अभियान समेत हो ।” यसले ओलम्पिक अभियानको ‘सबैका लागि खेलकुद’ भन्ने नारालाई समेत आत्मसात गरेको उनले बताए ।

महिलाहरु भदौ १६ गतेको प्रतियोगिताका लागि करिव एक महिना देखि ह्याण्डबलको प्रशिक्षणमा समेत व्यस्त छन् । पोखरा रंगशालाको प्रशिक्षण केन्द्र होस वा रिक्त रहेको समय बहुउद्धेश्यिय कभर्डहल उनीहरु दिनभर जसो प्रशिक्षण गरिरहेका भेटिन्छन् ।

उनीहरुको तयारी बारे क्लवकी संस्थापक अध्यक्ष सारिका गुरुङ भन्छिन–“हामीले एक दुई टिम हुन्छन् भनेका सोचेका थियौं तर अहिले बढेर १० पुगेको छ । महिलाहरु घरको चुल्हो चौको छोडेर यसरी मैदानमा आउनुहुन्छ जस्तो लागेको थिएन । उहाँहरु सबैको सहभागिताले प्रतियोगिताले भव्य रुप लिने भएको छ ।”

आफ्नो संस्थाले महिलाहरुको विभिन्न माध्यमबाट शसक्तिकरणको उपाय मध्येको एक लागेर नै खेलकुद रोजेको गुरुङले बताइन् । “फाल्तु समयमा मोवाइल र सामाजिक सञ्जालमा विताउन रहर गर्ने महिला दिदी बहिनीहरुलाई मैदान सम्म ल्याउन सफल भएका छौं । अव यो यात्रा निरन्तर जारी रहनेछ”, उनले भनिन् ।

यो त्यही संस्था हो जसले १९ औं एसियाली खेलकुदमा सहभागि हुन जाने महिला राष्ट्रिय ह्याण्डबल टोलीलाई ट्रयाक सुट प्रदान गरेको थियो ।

Leave A Reply

Your email address will not be published.