काठमाडौँ/
नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ।
प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो ।
प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।