सुचना, समाचार र मनोरन्जन
Sarangi

वामपन्थी नेता बरालको निधन

पोखरा /

पोखराका अग्रज वामपन्थी नेता तथा मानवअधिकारवादी टेकनाथ बरालको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो ।

राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेले बरालको दाहसंस्कार आजै हुने बताए । बराल रक्तचाप र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

१९९६ सालमा पोखराको नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राणाविरोधी आन्दोलनमा सहभागी थिए ।

२०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनले पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

Leave A Reply

Your email address will not be published.