सुचना, समाचार र मनोरन्जन

त्रिविको भीसी कार्यालय अगाडि नेविसंघको हवन

काठमाडौँ/

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताए ।

Leave A Reply

Your email address will not be published.