सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

गण्डकी प्रदेश प्रमुख भट्टले दिए ट्होटेंको शुभकामना

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तमु {गुरुङ} समुदायको महान पर्व ट्होटेंको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होटें पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् ।

प्रदेश प्रमुख भट्टले शुभकामना सन्देश जारी गर्दै ट्होटेंजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।

IVF Big

प्रदेश प्रमुख भट्टको शुमकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता भएको नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने यस्तै अनेकन मौलिक चाडबाडले धार्मिक, साँस्कृतिक, सामाजिक समभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको जनाएका छन् ।

‘गुरुङ समुदायको महान पर्वका रुपमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाउने ट्होटेंले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ’ प्रदेश प्रमुख भट्टको शुभकामना सन्देशमा भनिएको छ, ‘ट्होटेंले विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वासका साथ गण्डकी प्रदेशवासी सबैमा शुभकामना व्यक्त गर्दछु ।’

Leave A Reply

Your email address will not be published.