सुचना, समाचार र मनोरन्जन
Sarangi

सरकारले संविधान दिवस तीन दिन मनाउने

काठमाडौँ/

सरकारले संविधान दिवस तीन दिन मनाउने भएको छ । आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका हुन।

उनका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

उहाँले भन्नुभयो, ‘असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ । २ गते स्मारिका प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू गर्ने, ३ गते भव्य, वृहत् कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत् कार्यक्रम गर्ने निर्णय भएको छ ।’

मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताए ।

Leave A Reply

Your email address will not be published.