सुचना, समाचार र मनोरन्जन
Sarangi

बाल कल्याण संघ पत्रकारिता पुरस्कार- २०८० बाट युनिश गुरुङ पुरस्कृत

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो ।

पोखरा /

एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार- २०८० बाट पुरस्कृत भएका छन् ।

बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् ।

उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् ।

हाल उनी एसोसिएट प्रेस (एपी) लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् । यसअघि उक्त पुरस्कारबाट नारायण शाही, घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.