सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल र भारतबीचको खेलमा पुनः वर्षा, खेल रोकियो

पोखरा /

एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर खेलिरहँदा वर्षा भएसँगै खेल पुनः रोकिएको हो ।

यसअघि पनि दुई पटक वर्षाले केहिबेरका लागि खेल रोकिएको थियो । आजको खेलमा तेस्रो पटक वर्षाले प्रभावित पारेको हो ।

श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २७ तथा सोमपाल कामीले ११ रन बनाएर अटआउट छन् ।

Leave A Reply

Your email address will not be published.