सुचना, समाचार र मनोरन्जन

लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव

काठमाडौँ /

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ ।

पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो । मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा। वेदुराम भुसालले जानकारी दिए ।

‘किसानलाई राहत दिने तयारीमा सरकार छ । राहत वितरणका लागि केही प्रक्रियागत उल्झन मात्रै बाँकी हो,’ उनले भने ।

मापदण्ड बनाएका मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार किसानलाई नगदमै राहतको प्रस्ताव गरिएको छ । मापदण्डमा विवरण संकलन, प्रमाणीकरण र नगद राहत प्रस्ताव गरी तीन चरण प्रस्ताव गरिएको छ ।

किसानलाई दिने राहत पनि तीन प्रकारकै छ । किसानलाई ठूला वयस्क भैंसी र गाई मरेकोमा प्रति चौपाया २० हजार रुपैयाँ, स्थानीय जातको ठूला गाईरभैंसी, गोरु र राँगालाई १५ हजार र मृतक बाच्छारबाच्छीलाई ५ हजार रुपैयाँ राहत प्रस्ताव गरिएको हो ।

Leave A Reply

Your email address will not be published.