सुचना, समाचार र मनोरन्जन
Sarangi

सुजल फुड्सको नविनतम प्रस्तुति “डिलाईट-डेरी ह्वाइटनर” बजारमा

पोखरा/
सुजल फुड्स प्रा.लि. ले आफ्नो नयाँ उत्पादन डिलाईट –  डेरी ह्वाइटनर बजारमा ल्याएको छ । नेपालको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रा. लि. लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो ।

सुजल फुड्स प्रा. लि. को विभिन्न अन्तराष्ट्रिय स्तरको व्राण्डहरु जस्तै चोकोफन, रसिलो, फ्रेसो आदि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा एकदमै मन पराइएका छन् । त्यसैगरी सुजल फुड्सले दूध तथा दुग्ध पदार्थको बजारीकरण पनि सुरु गरेको छ । जसमा कम्पनीले उत्साह्का साथ भर्खरै डिलाईट – डायरी ह्वाइटनर बजारमा ल्याएको छ ।

डिलाईट डेरी ह्वाइटनर देशको विभिन्न ठाउहरुबाट संकलित दुधलाई उच्च कोटिको नविनतम प्रविधिबाट गुणस्तर मापन गरी अत्याधुनिक मेसिन प्रयोग गरीएको सत प्रतिशत अन्तराष्ट्रिय स्तरको स्वदेशि उत्पादन हो । सुजलले डिलाईट लाई नेपाली बजारमा उपलब्ध डेरी ह्वाइटनर मध्ये सबैभन्दा स्वादिष्ट र पौष्टिक डायरी ह्वाइटनर को रूपमा स्थापित गर्ने तयारी गरेको छ ।

गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण डिलाईट-डेरी ह्वाइटनर ले चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । अन्य डेरी ह्वाइटनर को तुलनामा, यो बाक्लो हुनुका साथै यसको अत्याधुनिक “अल्ट्रा ड्राईङ्ग स्प्रे प्रविधि”ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै धुल्ने साथै यसमा प्रयोग गरिएको मेटालिक प्याकेजिङ्ले डेरी ह्वाइटनर लाइ १२ महिनासम्म ढुक्क भइ प्रयोग गर्न सकिने कम्पनीको दावी छ । डिलाईट डेरी ह्वाइटनर उत्पादक कम्पनी सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधि युक्त नेपालको निजि क्षेत्रकै नम्वर १ डेरी कम्पनी हो ।

ISO 22000: 2018 मान्यता प्राप्त सुजल डेरीले दैनिक २ लाख लि. दूध प्रशोधन गर्ने क्षमता राख्दछ । सुजल फुड्स प्रा. लि ले देशको विभिन्न ठाउहरु जस्तै पुर्वमा विराटनगर, इटहरि, विरगन्ज, जनकपुर पश्चिममा बुटवल, भैरहवा, तुल्सिपुर, नेपालगन्ज र सुदुर्पश्चिममा धनगढी, सुर्खेत्, महेन्द्रनगर आदि मुख्य सहरहरुमा डिलाईट उपलब्ध गराइसकेको हुदा प्रयोगकर्ताबाट विभिन्न सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।

त्यहि उत्साहका साथ डिलाईट ( डेरी ह्वाइटनर पोखरा तथा पोखराको पेरिफेरिमा अब हरेक दिन डिलाईटफुलू अभियानका साथ बजारमा उपलब्ध गराएको छ । डिलाईट सँग चिया कफी पिउदा तपाइको आत्मिय पल थप मिठो बनाउने कम्पनिको दाबि छ । डिलाईट को उत्पादन दुइ प्याक साइजमा उपलब्ध हुनेछन् । ८०० ग्रामको मूल्य रु.९०० र ४०० ग्रामको मूल्य रु.४७० कायम गरिएको छ । डिलाईट तपाइको नजिकको किराना, ग्रोसरी तथा डिपार्टमेन्ट स्टोर्सहरुमा उपलब्ध छ ।

सम्पूर्ण उपभोक्तहरुले डिलाईट को स्वाद मनपराउनु हुन्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।

Leave A Reply

Your email address will not be published.