सुचना, समाचार र मनोरन्जन

मौद्रिक नीतिपछि नेप्सेमा करिब ३०० अंकको गिरावट

काठमाडौ/

सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भउको छ ।

सार्वजनिक बिदा हुँदा बुधबार बन्द भएको बजार मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो ।

सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ । ७ साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा सोही दिन नेप्से १ वर्ष यताकै उच्च बिन्दु २२२७.१६ समम पुगेको थियो । तर ८ साउनदेखि नै लगातार घट्न सुरु भएको नेप्से त्यसयताको करिब डेढ महिनामा २९४.७१ अंकले गिरावट भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.