सुचना, समाचार र मनोरन्जन

यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन रुलिङ

काठमाडौँ/

सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन ।

आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुखले महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन ।

बैठकमा सांसदहरूले यी दुवै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.