सुचना, समाचार र मनोरन्जन
Sarangi

तिजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वको रुपमा मनाउन सामान्य प्रशासनमन्त्रीको आग्रह

काठमाडौँ/

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेका छन् । आगामी असोज १ गतेको हरितालिजा तिज पर्वलाई मध्यनजर गर्दै उनले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेकी हुन् ।

शनिवार काठमाडौँमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

‘देशका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने असल कार्यलाई निरन्तरता दिनुपर्दछ । यसवर्षको हरितालिका तिज असोज १ गते विशेष रुपले तीजको मौलिकता र सामाजिक सद्भावलाई कायम राखि मनाउन आग्रह गर्दछु’ उनले भनिन्, ‘आगामी तिजले सम्पूर्ण दिदीबहिनीहरुका परिवारमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता कायम होस् भन्ने हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । अन्तमा आज नवनारी सम्मानबाट सम्मानित हुनुहुने नौ जना नारीहरुलाई बधाई तथा उहाँहरुको उत्तरोतर प्रगतिको शुभकामना ।’

त्यस अवसरमा मन्त्री देवीले तिजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताए । कार्यक्रममा सामाजिक क्षेत्र योगदान पुर्याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.