सुचना, समाचार र मनोरन्जन
Sarangi

काठमाडौँबाट घर फर्कनेको घुइँचो बढ्यो

काठमाडौँ/

काठमाडौँ उपत्यकाबाट गाउँ घर फर्कनेको भिड बढेको छ । हिजोअस्तिको तुलनामा आज घर फर्कनेको भिड झन् धेरै छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

आज शुक्रवार भएको र भोलि शनिवारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् । पछिल्ला दुई तीनयता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाण्डौ छाडेको तथ्याङ्क छ । घर जानेहरूको सङ्ख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।

Leave A Reply

Your email address will not be published.