सुचना, समाचार र मनोरन्जन
Sarangi

मुगु जिल्लामा राष्ट्रिय प्रसारणलाइनको बिजुली पुग्यो

काठमाडौँ/

मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा ९ग्रिड० जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्‍याएको हो ।

प्राधिकरणले आइतबारदेखि गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ ।

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।

अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारणलाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्भे भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.