सुचना, समाचार र मनोरन्जन

पोखरा १५ मा वडा स्तरीय वक्तृत्वकलामा एसओएसका सचेत प्रथम विजेता विद्यार्थीले पाए १० हजार

पोखरा /

वडा नं. १५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा एसओएस स्कूलका सचेत सुवेदी प्रथम भएका छन् ।  यस्तै, सेन्ट मेरिजकी छात्रा आयष्मा सुवेदी द्वितीय र गोल्डेन फ्युचरकी रिजा भण्डारी तृतीय भइन् । रेन्बो एकेडेमीकी स्विकृति भण्डारी र सिद्ध माविकी मनिषा बिकले सान्त्वना स्थान प्राप्त गरे । विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३÷३ हजार पुरस्कार प्राप्त गरे । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शंकर ज्ञवाली, विष्णु पौडेल, खगिशरा अधिकारी रहेका थिए ।

राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी नाराका साथ पोखरा महानगरपालिका वडा नं. १५ को आयोजनामा बालहितकारी परियोजना नेपाल, राईट फर चिल्ड्रेन र थ्री एञ्जल्स नेपालको प्रायोजनमा बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले बालबालिकाको अन्तर्निहित क्षमताको विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन हुनुपर्ने बताइन् । ‘नयाँ पुस्ता प्रगतिशील छ । अपडेटेड छन् । चेतनाको विकास पनि पुस्तान्तरसँगै फैलँदो छ ।’ उनले भनिन् – ‘बालबालिका संस्कारयुक्त हुनुपर्छ । आफ्नो देश, समाज बुझ्नुपर्छ । यो पुस्ताले अनेक अवसर पाएको छ । भविष्य उज्ज्वल छ ।’

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा महिला, बालबालिका, युवाका लागि वडा सधैं क्रियाशील रहेको बताए । वडामा विभिन्न तालिम तथा प्रशिक्षण, स्वास्थ्य शिविर, सीप विकासका लागि तालिमहरु वडाले प्रदान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.