पोखरा/
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा सुन्दरनगरीद्वारा संयुुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ६ स्थित केदारेश्वर मन्दिर गेट परिसरमा आयोजित रक्तदानमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ सहित पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का पदाधिकारीको उपस्थिति थियो । पिएमसिसि लायन्स दीपक श्रेष्ठले एनटिभिएका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष बाबुुराम पाण्डेले संस्थागत रुपमा वर्षेनी रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै रक्तदातालाई आभार एवम् कृतज्ञता व्यक्त गरे ।
एनटिभिएका अध्यक्ष पाण्डेको अध्यक्षता एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक श्याम लामिछानेले धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिएका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मदन शर्मा खनाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का ब्लड डोनेशन चिफ लायन श्यामकृष्ण श्रेष्ठ र डिष्ट्रिक रिपोटिङ चिफ लायन महेश पौडेल लगायतले रक्तदानको महत्व बारे प्रकाश पारे ।