सुचना, समाचार र मनोरन्जन

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

दाङ/

हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।

खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । उक्त हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.