सुचना, समाचार र मनोरन्जन

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ/

सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची तय गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.