सुचना, समाचार र मनोरन्जन
Sarangi

जलवायु परिवर्तनबारे गम्भीर हुनुपर्ने जेन्टा क्लवको सुझाव

पोखरा/

बुधबार पोखरामा जोन्टा क्लबको आयोजनामा र होटल एसोसियसन पोखरा र पोखरा परिषद्को समन्वयमा भएको ‘टुगेदर फर क्लाइमेट चेन्ज’ कार्यक्रममा उनले जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा पनि धारणा राखेका छन्।

पछिल्लो दशकमा जोमसोमको तापक्रम र वर्षामा परिवर्तन आएको छ। यसले पर्यटनमा पनि असर परिरहेको उनको भनाइ थियो।

विशेषगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर परिरहेको छ। जसको असर हिमालमा प्रत्यक्ष देखिन थालेका छन् भने अप्रत्यक्ष मार हिमाली क्षेत्र र सोसँग जोडिएकाले भोगिरहेका छन्।

‘पर्यटन जलवायु परिवर्तनसँग कमजोर हुन्छ। यसको असर हिमालमा झन धेरै हुन्छ। हिमाली क्षेत्रमा धेरै अप्ठ्यारो छ,’ उनले भने, ‘कागबेनीमा पहिरो जाँदा पोखरालाई दुख्यो। पर्यटन परिषद्ले राहत दिन सरकारलाई भन्यो। हामी कनेक्टेड छौं।’

पोखरा आउने अधिकांश पर्यटकको गन्तव्य पोखरामा मात्रै सीमित हुँदैन। भारतबाट आउने पर्यटक अधिकांश धार्मिक पर्यटक हुन्छन्‚ जसको प्रमुख गन्तव्य मुक्तिनाथ क्षेत्र पर्छ। यस्तै अन्य पर्यटकको पनि गन्तव्य अन्नपूर्ण क्षेत्र पर्छ। पोखराको पर्यटनलाई बचाइ राख्न जलवायु परिवर्तनलाई ध्यान दिँदै अन्नपूर्ण क्षेत्र संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

‘पोखराको टुरिजम तब चल्छ जब अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न मिल्छ। पोखराको टुरिजमको बेस यही हो। निकै कम हुन्छन् पोखरा मात्र घुम्न आउने पर्यटक,’ उनले भने।

‘प्लास्टिकमुक्त पोखरा’

कार्यक्रममा जलवायु परिवर्तनको असर पर्यटन क्षेत्रमा पनि परिरहेको बहस हुँदा पोखराका होटलले वातावरणमैत्री सामान प्रयोग गर्न सुरु गर्ने योजन अघि सारेका छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न सके राम्रो सन्देश जाने बताए।

‘होटलमा प्लास्टिकका सामान प्रयोग गर्न थालियो। पोखरामा प्लास्टिक मुक्त क्षेत्र बनाउन सकियो भने चेतनामूलक हुन्छ भन्ने विश्वास छ। प्लास्टिकमुक्त क्षेत्र अभियान सुरु गर्‍यौं भने राम्रो म्यासेज जान्छ,’ उनले भने।

होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने प्लास्टिकका सामान घटाउन सके पनि यसले प्रदूषण रोक्न थोरै मद्दत पुग्ने विश्वास लिइएको छ। होटलमा दैनिक पर्यटकले प्रयोग गर्ने मिनलर वाटरका बोतल, टुथब्रसदेखि अन्य प्लास्टिकबाट बनेका सामान प्रयोग घटाउन प्रयास गर्नुपर्ने बताउँछन् उनी। तर, प्लास्टिकको विकल्पमा अन्य उपाय र लगानी कति त रु त्यसमा प्रश्न गर्छन् होटल एसोसियसन नेपालका अध्यक्ष लक्ष्मण सुवेदी।

‘यसलाई हामीले निरन्तरता गर्ने छौं। महानगरले पनि इको फ्रेन्डली बनाउँछ। विकल्पको रुपमा केरु यसको विकल्प केरु प्राइस कतिरु कसरी मेन्टन गर्न सकिन्छ। यो बारेमा कुरा विज्ञबाट आउँला। कुरा हुन पनि जरुरी छ,’ उनले भने।

सो कार्यक्रममा जलवायु परिवर्तनको विषयमा गम्भीर हुन जरुरी रहेको गण्डकीका उद्योग, पर्यटन तथा वनमन्त्री दीपेन्द्रबहादुर थापाले बताएका थिए।

Leave A Reply

Your email address will not be published.