सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रिय सभा बैठकबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ/

राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले स्व।नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए।

राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार बस्ने छ।

Leave A Reply

Your email address will not be published.