सुचना, समाचार र मनोरन्जन

“Only Chocofun” नारा सहित चोकोफनको नयाँ अभियान

नेपालको अग्रणी Confectionary कम्पनी सुजल फूड्स प्रा. लि. ले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ ।

पोखरा /

नेपालको अग्रणी Confectionary कम्पनी सुजल फूड्स प्रा. लि. ले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ ।

Only Chocofun भन्ने संदेश बोकेको यस बिज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र Original चकलेट Wafer हो यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको छ र बिगत दुई दशक भन्दा बढी देखि आफना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको छ ।

यस बिज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई Only Chocofun को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ । बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा Only Chocofun छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रबर्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया तथा सामाजिक संजाल मार्फत प्रबाह गरिएको छ ।

बालबालिकाहरुले यस बिज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर Only Chocofun को टेलिभिजन बिज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउदछ । बिज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै Only Chocofun नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

बिगत चार दशकदेखि उत्कृष्ट Confectionary उत्पादन गर्दै आएको ISO 22000:2018 Certified कम्पनी सुजल फूड्स प्रा.लि. को लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ। CrispyCrunchy वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।

Leave A Reply

Your email address will not be published.