सुचना, समाचार र मनोरन्जन

बाँकेको बाल सुधार गृहमा झडप १ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं /

बाँकेको आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु र १० जना घाइते भएका छन्।

बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरका अनुसार दुई पक्षबीच समूहगत रुपमा झडप हुँदा एक जनाको मृत्यु भएको अन्य १० जना घाइते भएका हुन्। ‘कारण हामी पनि खोजिरहेका छौं, अनुसन्धान हुँदैछ प्रहरीमाथि पनि आक्रमण भएको छ’, एसपी राठोरले भने।

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको थियो।

यतिबेला ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। हाल त्यहाँको अवस्था सामान्य रहेको एसपी राठोरले भने। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एसपी राठोरका अनुसार मृत्यु हुनेका रुपन्देहीका सुलभ केसी रहेका छन्। घाइते अवस्थामा अस्पताल लगिएका केसीको उपचारकै क्रममा मृत्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.