सुचना, समाचार र मनोरन्जन

शिक्षा विधेयकका त्रुटि सच्याएर मात्रै संसद्‌बाट पारित गर्नुपर्छः गगन थापा

काठमाडौँ/

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन्।

उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसद्‌बाट सच्याएर मात्रै पारित हुने बताए। उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए।

उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने उल्लेख गरे। उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए।

सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

Leave A Reply

Your email address will not be published.