सुचना, समाचार र मनोरन्जन
Sarangi

संकल्प सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा/
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभइ अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको विसमं परिस्थितिमा आफुलाई जोखिम रहित राखेर मजवुत हुन सकेको बताए ।

सहकारीलाई आर्थिक रुपमा सवल बनाउन र मुनाफा बढाउन सहकारीमा रहेका सबै शेयर सदस्यले सहकारी मार्फत नै कारोबार गर्न पर्ने बताए । बोनस र व्याजको प्रलोभनमा परेर जथाभावी सहकारीमा लगानी नगर्न सचेत गराउदै आफ्नै घरगाउँमा स्थापना भएका सहकारीमा कारोबार गर्दा लगानीको सुनिश्चित तथा जोखिम कम हुने बताए । रेडियो सफलताका स्टेशन प्रमुख मधु अधिकारीले सहकारीका प्राय शेयर सदस्य जेष्ठ नागरिक तथा घर गृहिणी रहेकाले आर्थिक चलायमान बढाउन युवा शेयर सदस्य बढाउदै उनीहरुको व्यापार व्यवसायमा लगानी गर्ने वातावरण सृजना गर्नु पर्ने बताए । पुर्व अध्यक्षको तर्फबाट शुभकामना दिदै पदम राज बरालले नेतृत्व हस्तान्तरण युवालाई गरेर उनीहरुको सोच र शक्तिमा लगानी गरेमात्र संस्थाले गति लिने बताउनु भयो । सभामा बचत तथा ऋण तर्फ उत्कृष्ट कारोबार गर्ने परिवेश रेग्मी र लिला बराललाई सम्मान गरियो ।

सस्थाको कोषाध्यक्षको प्रतिवेदन ध्रुवराज बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । सस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न उक्त सभामा स्वागत उपाध्यक्ष सावित्री बराल र संचालन सचिव नरेश प्रसाद बरालले गरे कुल शेयर पुँजी २ करोड ८ लाख १ हजार ६०० रहेको सहकारी हाल ८९ जना महिला र १३१ जना पुरुष गरि २२० जना शेयर सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.